एमालेमाथि माओवादी केन्द्रको यस्तो दबाब

काठमाडौं । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विवाद लचक भएर समाधान गर्नुपर्ने भन्दै माओवादी केन्द्रले गठबन्धनको सहयात्री दल एमालेमाथि दबाब बढाएको छ।

अध्यादेश रोकेर राख्दा राष्ट्रपति पनि अप्ठ्यारोमा पर्न थालेको र निर्वाचन परिणाम घोषणादेखि नयाँ सरकार गठन प्रक्रियामा समेत विलम्ब हुन लागेको उल्लेख गर्दै छिटो टुंग्याउनतर्फ लाग्नुपर्ने माओवादी केन्द्रको धारणा छ।

माओवादीले एकल संक्रमणीय प्रणालीमै जानुपर्ने कांग्रेसकोअडानको समर्थन गर्नेबारे औपचारिक रुपमा भने केहि बोलेको छैन । तर सो पार्टीका अध्यक्ष प्रचण्डले घुमाउरो शैलीमा त्यसतर्फ जानु नै उपयुक्त हुने आइतबार धारणा सार्वजनिक गरेको छ।

Entertainment
  • No categories

You Might Also Like