सलमानसंगै नेपाल आउँदै कैटरिना

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘टाइगर जिन्दा है’की अभिनेत्री कट्रीना कैफ सलमान खानसँगै नेपाल आउने भएकी छन् ।

भारतिय मिडियामा उल्लेख भए अनुसार सलमानको ‘दबंग नेपाल टुर’ मा कैटरिना पनि सहभागी हुनेछिन् । भारतीय मिडियाले जनाए अनुसार कट्रीनाले ‘दबंग टुर’ क्लब ज्वाइन गरेकी छन् । चलचित्र ‘टाइगर जिन्दा है’ को ‘स्वाग से स्वागत’ गीत पछि सलमानको दबंग टुरमा कैटरिनाको डिमान्ड आएको हो । अबको ‘दबंग टुर’मा अभिनेत्री कट्रीना पनि साथमा हुनेछिन् । युएसए र क्यानाडा, कोलकत्ता, दुबई, नेपाल र साउथ अफ्रिकाको टुरमा पनि सलमान खानसंगै कट्रीना रहनेछिन् ।

टुरमा सलमान र कैटरिनासँगै प्रभुदेवा, डेजी शाह , ज्याक्लिन फर्नान्डिज, सोनाक्षी सिन्हा लगायतको सहभागीता रहनेछ । सलमानको टिमले मार्च १० तारिखमा काठमाडौंको टुंडिखेलमा प्रस्तुती दिदैंछ । कट्रीना नेपाल आउने बारे नेपालका आयोजकले भने केही बोलेका छैनन् ।

You Might Also Like