मात्रै एक फर्मुला, जसले घटाउनेछ बढेको पेट

एजेन्सी। बढेको पेट घटाउन हामीले धेरै उपाय अपनाउँदा पनि यसबाट छुटकारा पाउन सक्दैनौं । तर, पेट घटाउने निकै सहज र घरेलु उपाय छ जसलाई अपनाएर हामी निकै कम परिश्रममा सुगठित शरीर पाउन सक्छौं । ‘द जर्नल अफ द साइन्स एण्ड फूड अफ एग्रीकल्चर’मा प्रकाशित एक अनुसन्धानात्मक रिपोर्टका अनुसार ग्रीन टी मा अदुवा मिसाएर पिउँदा ‘फ्याट बर्निङ’ तीब्र हुन्छ ।

जर्नलमा उल्लेख भएअनुसार ग्रीन टी, अदुवा, मह र कागतीको प्रयोग गरेर पेट घटाउन सकिन्छ । यसका लागि ग्रीन टीमा अदुवा राखेर उमाल्नुहोस्। त्यसलाई छान्नुहोस् र त्यसमा मह र कागतीको रस राखेर पिउनुहोस् । यसलाई बिहान उठ्नेबित्तिकै खाली पेटमा पिउनुहोस् ।

दिनमा तीन पटक पिउँदा छिटो फाइदा हुन्छ । ग्रीन टी मा एन्टिअक्सिडेन्ट हुन्छ, अदुवामा जिंजेरल्स र कागतीमा हुने साइट्रिक एसिडले शरीरमा भएको बोसो निकै छिटो घटाउँछन् । यसबाहेक राती ढिलो गरेर खाना नखानुहोस् । धेरै गुलियो र जंकफुड अनि फ्राइ गरेका खानाबाट टाढै रहनुहोस्। दैनिक आधा घण्टा एक्सरसाइज गर्नुहोस् । चिसो पानी पिउनुको सट्टा मनतातो गरेर पिउनुहोस् ।

Entertainment
  • No categories

You Might Also Like