खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी

सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ। यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ। पुणेका डाइटिशियन डा. नेहा शिरकेले खाली पेटमा केही खानेकुरा खानेुकरा खान वर्जित गरेकी छिन्।

१. केराः

केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ ।

२. चियाः

चियामा एसिडको मात्रा धेरै हुन्छ । यो खाली पेटमा खाँदा पेट पोल्ने र दुख्ने गर्दछ।

३. दहीः

यसमा पाइने प्रोबायोटिक ब्याक्टेरिया खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दहीका सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ ।

४. दूधः

यसमा पाइने स्याचुरेटेड फ्याट, प्रोटिनले पेटको मांसपेशीलाई कमजोर बनाउने गर्दछ। यसले अपच हुने र खकारको समस्या निम्त्याउने गर्दछ ।

५. गुलियो खानेकुराः

मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्नेछ। यसले आँखाको समस्या निम्त्याउने गर्दछ ।

६. शखरखण्डः

यसमा टोनिक र प्याक्टिन हुन्छ जुन खाली पेट हुँदा पच्दैन । यसले छाती पोल्ने समस्या निम्तिन सक्छ ।

७. आँपः

यसले शरिरमा गर्मी पैदा गराउँछ । यसलाई खाली पेटमा खाँदा एसिडको स्तरमा वृद्धि हुन्छ र एसिडिटी बढ्नेछ।

८. सुन्तलाः

सुन्तलामा ओर्गानिक एसिड हुन्छ । यसले एसिड धेरै बन्ने गर्दछ । यदि खाली पेटमा खाए एसिडको मात्रा बढ्छ।

९. कोल्ड ड्रिङ्क्सः

यसमा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा बान्ता हुनसक्छ।

१०. खरबुजाः

यसमा आइरन, पोटासियम हुन्छ । आइरन र पोटासियम खाली पेटमा खाँदा एसिटिडी हुनसक्छ ।

Entertainment
  • No categories

You Might Also Like