आजको राशिफल – मिति २०७४ पौष ३० गते त्रयोदशी तिथि आईतबार

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ। सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ। व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ। माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ। साझपखको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधन प्रयोेग गर्दा ध्यान दिनुहोला।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ। मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ। नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुँनाले काम थाति रहनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने बिभन्न अवसर आएपनि समय अभावले ति अवसरहरुलाई सदुपयोग गर्न सकिनेछैन । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ । मध्यान्हपछिको समय राम्रो रहेकोले सत्रु परास्त हुँनेछन् भने अदालति निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने अध्ययनमा सुधार भएर जानेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर जग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुँनेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । खोज तथा अनुशन्धानको क्षेत्रमा आफ्नै कारणले पछि परिने सम्भावना रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) दाजुभाई तथा छिमेकिको सहयोगमा नयाँ काम गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । यात्राका क्रममा उपलब्धिमुलक नतिजाहरु हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसाय खस्केर जानेछ भने कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । घर परिवार तथा आफन्तलाई छोडेर यात्रा गर्नुपदा मन खिन्न हुँनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुनै पनि काम गदा वा कामको सवालमा निर्णय गर्दा ध्यान दिनुहोला गलत व्याक्तिको सल्लाह सुझाब मान्दा गलत निर्णयहरु हुँन सक्छन् । पारिवारिक माहोलामा सामेल भई मिष्टान्न भोजन लिने अवसर आएपनि खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । पढाई लेखाईमा सुधार गर्दै सकारात्मक नतिजा हात पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मानव निर्मित भौतिक साधन स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । व्यापारमा लगानि गरि आम्दानि बढाउँन सकिनेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले तयारि बिनानै कुनै कुरामा दिईने प्रवचन तथा भासणले कुनै अर्थ नराख्ने उल्टै साख गिराउँन सक्छ ध्यान दिनुहोला । खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या आउँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने स्वदेशि लगानिका बस्तुहरुको व्यापार खस्केर जानेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ । लामो दुरिको यात्रा हुँनेछ भने मध्यान्हबाट समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थना पाईने हुँनाले पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । अध्ययनमा सफलता प्राप्त हुँने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानिमा प्रशस्त बढुवा हुँने तथा पुराना उठ्नुपर्ने रकम उठ्ने हुँनाले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्रमा लगानि बढाई प्रसस्त रुपैया पैसा संग्रह गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले लामो दुरिको यात्रा हुँने भएपनि बाटोमा समस्या आउँनेछ । माया प्रेममा धोका हुँनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिष्पर्धिहरुलाई हराउँदै नयाँ काम गर्ने अवसर आउँनेछ भने नोकरिमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । राज्यबाट लाभ लिने समय रहेकोछ भने राजनितिमा सर्बसाधारणको गतिलो समर्थन रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रम्न सकिनेछ । पैत्रिक सम्पतिको परिचालन गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राज्यसँग नजिक रहेको गरिने कुनै काम गर्दा ध्यान दिनुहोला पद घट्ने तथा बिभागिय कारबाहि हुँन सक्छ । व्यापार व्यावसायमा लगानि गर्नको लागि मध्यान्हपछिको समय राम्रो रहेकोले साझपख खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गरि नाम कमाउँन सकिनेछ । नया व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

You Might Also Like