फेसबुकले पत्ता लगायो समयको नयाँ इकाइ, सेकेण्डभन्दा ७० करोड गुणा सानो

सोसल मिडिया साइट फेसबुकका एक इन्जिनियरले समयको नयाँ इकाई पत्ता लगाएका छन् । उक्त नयाँ इकाइको नाम फ्लिक राखिएको छ।

यो इकाई एक सेकेण्डको १/७०५६००००० भाग सानो छ । अर्थात् यो नानो सेकेण्ड पछिको सबैभन्दा सानो समयको इकाई हो।

भिडियो इफेक्ट्सलाई कोड शेयरिङ साइट गिट हबको डिस्क्रिप्सनसँग सिंक्रोनाइज गर्नका लागि समयको यो नयाँ इकाई फ्लिक डिजाइन गरिएको बताइएको छ।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यो फ्लिकको आमरुपमा खासै प्रभाव रहनेछैन तथापि भर्चुअल रियालिटीको अनुभवलाई अझै उत्कृष्ट बनाउन यसले भूमिका खेल्नेछ ।

फ्लिक्सलाई C++ प्रोग्रामिङ भाषामा परिभाषित गरिएको हुन्छ, जसलाई फिल्म, टिभी तथा अन्य मिडियामा भिजुअल इफेक्ट सिर्जना गर्न प्रयोग गरिन्छ ।

मिडिया फ्रेमहरुको बीचको समय अन्तर मापन गर्न प्रोग्रामरहरुले फ्लिक्सको प्रयोग गर्ने गर्दछन् ।

बीबीसी रिसर्च एण्ड डेभलपमेन्टका मुख्य अनुसन्धानकर्ता इन्जिनियर म्याट ह्यामोन्डका अनुसार ग्राफिक्समा सटर्स जस्ता एररहरु कम गर्नका लागि यसले सहयोग पूराउनेछ ।

फेसबुक ओपन सोर्सले आफ्नो ट्विटर अकाउन्टमार्फत नानो सेकेण्डभन्दा केहीमात्र ठूलो समयको नयाँ इकाई फ्लिक्स जारी गरेको जनाएको छ।

फ्लिक्सका सर्जक क्रिस्टोफर होर्वाथले सन् २०१७ को सुरुमै यो इकाइका बारेमा आफ्नो आइडिया सार्वजनिक रुपमा फेसबुकमा पहिलोपटक शेयर गरेका थिए। प्राप्त कमेन्ट्सहरुलाई ध्यान दिई उनले यसमा केही परिवर्तन गरे र अन्ततः यो लञ्च गरिएको छ ।

पहिलो होइन

यद्यपि फेसबुकले समयको नयाँ इकाई फ्लिक्स आविष्कार गर्नु नौलो भने होइन । यसअघि पनि विश्वका विभिन्न कम्पनीहरुले समयका विभिन्न इकाइहरु आविष्कार गरिसकेका छन् । ्

स्विस घडी निर्माता कम्पनी स्वाचले सन् १९९८ मा इन्टरनेट टाइमको घोषणा गरेको थियो । समयको उक्त इकाइले एक दिनलाई १ हजार बिट्समा विभाजन गर्दछ । अर्थात् यो एक मिनेट २६.४ सेकेण्ड बराबरको समय हो । प्रमाणिक समयको आवश्यकता हटाउनका लागि भन्दै स्वाचले अघि सारेको समयको यो इकाईले विश्वव्यापी रुपमा स्विकार्यता भने पाउन सकेन। बीबीसी

You Might Also Like