जानी राख्नुहोस् कागती पानी सेवनका १० फाइदाहरू

काठमाडौं । तपाई हाम्रै घर आगनमा सहजै प्राप्त गर्न सकिने एउटा फल हो कागती। कागतीका बिभिन्न फाइदाहरू हामीले सुनेका छौं। खासमा के के फाइदा हुन्छ त नियमित कागती खाने गर्दा ? आउनुहोस् यसबारे केही जानकारी लिउँ।

१. नियमित कागती पानीको सेवन गर्नाले शरीरको तौल सन्तुलन राख्न मदत गर्दछ ।

२. कागतीमा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइने भएकाले हाम्रो शरीरको रोग प्रति लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ।
३. कागती पानीले मात्रामा एन्टीबायोटिकको पनि काम गर्दछ ।
४.यसले मानिसको शरीरमा हुने अनावश्यक तत्वहरूलाई पसिनाको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ।

५. रुघा खोकी, सामान्य ज्वरो जस्ता रोगहरूलाई निको पार्ने काम पनि कागती पानीले गर्दछ ।

६. कागती आफैँमा क्यालसियम, पोटासियम र फस्फोरसको श्रोत पनि हो । यसको नियमित प्रयोगले हाम्रो शरीरलाई चाहिने उक्त तत्वहरु उपलब्ध गराउँदछ ।
७. यसले क्यालसियम र अक्सिजनलाई सन्तुलित राखी कलेजोलाई बचाउने काम गर्दछ ।
८. शरीरको पाचन प्रणालीलाई बलियो बनाइराख्छ ।
९. दैनिक कागती पानीको प्रयोगले मृगौलाको पत्थरीबाट बचाउँछ ।

१०.सोच्ने स्मरण शक्ति बढाइ युरिक यसिड हुनबाट बचाउँछ ।

You Might Also Like