पानी कत्तिको पिउनु हुन्छ ? थाहा पाइ राख्नुस् १० फाइदा र बेफाइदा

काठमाडौं । तपाई जुनसुकै रोगको सिकार भएर जानुस् स्वास्थ्य संस्थामा तपाईले पाउने पहिलो सुझाव हो “पानी प्रशस्त पिउनुस् ।” पानी मात्रै पिउनु कति राम्रो कति नराम्रो ? स्वास्थ्य विषेशज्ञहरुले १० वटा फाइदा र बेफाइदा आम मानिसको हितका लागि जारी गरेका छन् । आउनुहोस् यसको बारेमा जानकारी लिउँ ।

फाइदाहरुः–
१. बिहान उठ्ने वित्तिकै १ गिलास पानी पिउने गर्नुहोस् । यसले तपाईको पेट सफा राख्न सहयोग गर्नेछ । पानी पिउने गर्नाले छालामा भएको रुखोपनमा कमि आउँछ ।

२. विहान उठ्ने बित्तिकै मनतातो पानीमा कागती मिसाएर खाने गर्नुहोस् । यसले टक्सिक एलिमेन्ट शरिरबाट निकालेर तपाईको इम्यून सिस्टमलाई राम्रो बनाउँछ ।

३. बिहानै धेरै चिसो पानी नखानुहोस् ।

४. यति तपाईमा चिया, कफि धेरै पिउने बानी छ भने ग्रीन टिको सेवन गर्नुहोस् ।

५. मादक पदार्थको सट्टा मनतातो पानीमा कागती मिसाएर खाने गर्नुहोस् । यसले तपाईको डायजेस्टिव सिस्टमलाई राम्रो गर्नेछ ।

६. यदि तपाई शरिरको तौल घटाउन चाहानुहुन्छ भने चिसो पानी नपिउनुहोस् । त्यसको सट्टा मनतातो पानीमा कागती पानी खानुहोस् ।

७. पानी पिउने गर्नाले तपाइको पेटमा भएको एसिडिसी हटाउँछ । यसले तपाईको पेट सफा राख्छ ।

८. हाम्रो मस्तिष्क ९० प्रतिशत पानीले बनेको हुन्छ । यदि हामीले पानी कम पियौं भने हाम्रोटाउको दुख्न सक्छ ।

९. पानीले ज्वरो पनि कम गर्छ ।

१०हाम्रो मांसपेशीको ८० प्रतिशत भाग पानीले बनेको हुन्छ । पानी कम भयो भने मांसपेशीहरु दुख्ने समस्या पनि हुन सक्छ ।

बेफाइदाहरुः–

१. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न सक्छ ।

२. पानीको ओभरडोजले तपाईको शरिर भित्रको सेलहरु ड्यामेजपनि हुन सक्छ ।

३. कुनै कुनै रोगबाट ग्रसित विरामीलाई पानी कम पिउन डाक्टरले सल्लाह दिएको हुन्छ । उक्त कुरालाई विर्सनु हुँदैन ।

४. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले हाम्रो पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ ।

५. स्वास्थ्य विशेषज्ञहरुका अनुसार खाना खाने वित्तिकै चिसो पानी पिउनाले तपाईको शरिरलाई हानी पुग्न सक्छ ।

६. एकदमै गर्मी वा दौडधुपबाट आउने वित्तिकै तपाई पानी नखानुहोस् । तपाईको ज्यानैपनि जान सक्छ ।

७. खाली पेटमा पनि पानी नखानुहोस् । यसले तपाईमा सर्दी र जुका पर्न सक्छ ।

८. तपाई स्वस्थ्य हुनुहुन्छ भने आवश्यक भन्दा धेरै पानी नपिउनुहोस् ।

९. यदि तपाई दिनमा ४ कप चिया वा कफि पिउनु हुन्छ भने तपाईलाई ८ गिलास पानीको आवश्यकता पर्दछ । चिया र कफिमा कैफीनको मात्र धेरै हुन्छ । शरिरमा कैफिनको मात्रा धेरै भयो भने रगतको मात्रा कम हुन्छ । त्यसकारण चिया र कफिको भन्दा ज्यादा पानी आवश्यक पर्छ ।

१०. शरिर रोगमुक्त र स्वस्थ्य राख्नको लागि पानी अत्यावश्यक पदार्थ हो । यसैले वयष्क मानिसका लागि २.५ लिटर पानीको आवश्यकता पर्दछ ।

हाम्रो शरिरको ६० देखि ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । प्रत्येक दिन शरिरको लागि ६ देखि १० गिलास पानी आवश्यक पर्छ । एक जना वयष्क पुरुषको शरिरमा ६५ प्रतिशत पानीको मात्रा हुन्छ भने स्त्रीको शरिरमा ५४ प्रतिशत पानी हुन्छ । शरिरको हाडमा २२ प्रतिशत पानी हुन्छ । दाँतमा १० प्रतिशत, त्यस्तै छालामा २० प्रतिशत, मस्तिष्कमा ७४ प्रतिशत, मांशपेसीमा ७५ प्रतिशत र रगतमा ८३ प्रतिशत पानी हुन्छ ।

Entertainment
  • No categories

You Might Also Like