आइसीसी डिभिजन टू : केन्यामाथी नेपालको रोमाञ्चक जित

काठमाडौं । आइसीसी डिभिजन टू मा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ। केन्याले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले टस हारेर ब्याटिङमा उत्रिएको थियो। केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो।

केन्यालाई रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । वसन्त रेग्मि, सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए। केन्याका लागि ओपनर इरफान करीमले सर्वाधिक ४२ रन बनाए।

एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, धिरेन गान्दरियाले ४, आर आर पटेल १, आर एन पटेल शून्य, गुरदिप सिंहले २, एनएन एदियाम्बोले ७ रन बनाए।नटआउट रहेका एनएम एदियाम्बोले २४ र सेम नोगोचिले २३ रन बनाए।

अन्तिममा निकै रोचक बन्दै गएको खेलमा रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको हो। यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना थप बलियो बनेको छ।

Loading...
dupteswor

You Might Also Like