डीभी प्रणाली बन्द गर्ने विधेयक अस्वीकृत, अमेरिका जान चाहनेलाई राहत

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटले डीभी प्रणाली बन्द गर्ने विधेयक अस्वीकृत गरेको छ।

सत्तारुण दल रिपब्लिकनका दुई सांसदले सिनेटमा दर्ता गराएको डीभी प्रणाली बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका ४ आप्रवासी सम्बन्धी विधेयक अस्वीकृत गरेको हो।

रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले सिनेटमा दर्ता गराएको विधेयक सिनेटको बहुमतले अस्वीकृत गरेको हो। उक्त विधेयक अस्वीकृत भएपछि डीभी मार्फत अमेरिका जान चाहनेहरुका लागि राहत मिलेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि डीभी मार्फत अमेरिका आउनेहरुलाई फोहोरसँग तुहना गर्ने अभिव्यक्ति दिदै आएका थिए।

डीभी प्रणाली मार्फत अमेरिकाले प्रत्येक वर्ष करिब ५० हजार आप्रवासी भित्रयाउदै आएको छ।

सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन निर्माण भएयता डीभी प्रणालीमार्फत अमेरिका पुगेका आप्रवासीलाई स्थायी बसोबासको व्यवस्था गर्दै आएको छ। :

 

Entertainment
  • No categories
Loading...

You Might Also Like