दक्षिणी मेक्सिकोमा शक्तिशाली भूकम्प

earthquake

मेक्सिको । दक्षिणी मेक्सिकोको वहाका राज्यमा शक्तिशाली भूकम्प गएको छ। ७.२ म्याग्निच्युडको उक्त भूकम्पले त्यहाँदेखि झण्डै ३ सय किलोमिटर टाढा मेक्सिको सिटीमा रहेका भवनहरू समेत हल्लाएको थियो।

हालसम्म हताहतीको विवरण प्राप्त भएको छैन। तर विद्यालयहरूमा उद्धारका कामहरू अघि बढाइएका थिए। टेलिभिजन फूटेजमा मानिसहरू सडकतर्फ निस्किरहेको देखिन्छ।

आतंक
भूकम्पको धक्का महसुस भएपछि मेक्सिको सिटीमा अत्तलिएका हजारौं मानिसहरू सडकमा निस्किएका थिए। उनीहरू एक अर्कालाई अंकमाल गर्दै रोएको र अंगालो हालेर बसेको अनि कतिपय अन्योलग्रस्त अवस्थामा रहेको एकजना बीबीसी संवाददाताले बताएका छन्।

ूमैले जुनसुकै बेला हाम्रो शहर ध्वस्त हुनसक्छ भन्ने सम्झेँ, हामी भूकम्पबाट उच्च जोखिममा रहेको भूगोलमा बसिरहेका छौँ, एकजना प्राथमिक विद्यालयका शिक्षक क्रिस्चियन हेर्नान्डेजले भने।

केही समय सवारीसाधन समेत सडकमै रोकिएका थिए। पछिल्लो धक्का महसुस हुँदा धेरैले गएको सेप्टेम्बर महिनाको जस्तै विनाशकारी भूकम्प आएको आशंका गरेका थिए। त्यसबेलाको भूकम्पमा झण्डै चार सयजनाले ज्यान गुमाएका थिए।

You Might Also Like