राष्ट्रपति कार्यालय र गुप्तचर विभाग परिसरमा बम विष्फोट, १८ जनाको मृत्यु

बीबीसी । सोमालियाको राजधानी मोगादिशुस्थित राष्ट्रपति कार्यालय र गुप्तचर विभाग परिसरमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १८ जनाको मृत्यु भएको छ।

आक्रमणमा दर्जनौँ घाइते भएको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। गुप्तचर विभाग परिसरमा भएको विष्फोटको स्थानीय इस्लामिक अतिवादी संगठन सवावले जिम्मा लिएपछि राष्ट्रपति कार्यालयमा भएको बम विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छ।

प्रहरीको जवाफी कारबाहीमा आतंककारी समुहका ५ जना लडाकु समेत मारिएको त्यहाँको सेनाले दाबी गरेको छ। हिजो मात्रै त्यहाँका रक्षा मन्त्रीले आतंकवादी आक्रमण हुन सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह गरेका थिए। रक्षामन्त्रीले त्यस्तो आग्रह गरेको केही घण्टामै दुई बम आक्रमण भएका हुन्।

You Might Also Like