श्रीदेवीको मृत शरीरको गरिँदैछ फोरेन्सिक परीक्षण

काठमाडौं । बलिउडकी प्रतिभाशाली अभिनेत्री श्रीदेवीको निधनले उनका प्रशंसकहरूमाझ दुःखको लहर छाएको छ । मुम्बईमा फिल्म कलाकार, उनका परिवार र अन्य व्यक्ति श्रीदेवीको अन्तिम दर्शनका लागि मृत शरीरको प्रतीक्षा गरिरहेका छन्।

दुबईमा उनको शवको पोस्टमोर्टम गरिँदैछ । दुबई प्रहरीले फोरेन्सिक परीक्षणको रिपोर्ट तयार पारेपछि श्रीदेवीको पार्थिव शरीर आइतवार बेलुकासम्ममा मुम्बई ल्याइनेछ ।

श्रीदेवीको मृत्यु हृदयगति रोकिएका कारण भएको हो । दुबईको कानूनअनुसार, कुनै विदेशी नागरिकको अचानक मृत्यु भएमा पोस्टमोर्टम गरिन्छ र मृत्युको असली कारण पत्ता लागोस् ।

प्रहरीले सबै कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसअन्तर्गत पहिले सम्बन्धित देशको दूतावासलाई सूचित गरिन्छ । दूतावासका तर्फबाट मृतकको पासपोर्ट रद्द गरिन्छ र नो अब्जेक्सन सर्टिफिकेट जारी गरिन्छ ।

यूएईमा भारतका राजदूत नवदीप सिंह सूरीले भने, ‘अहिले प्रहरी फोरेन्सिक रिपोर्ट तयार गरिरहेको छ । हामीहरू श्रीदेवीको परिवार र स्थानीय प्रशासनसँग सम्पर्कमा छौं र सबै आवश्यक सहायता गरिरहेका छौं ।’एजेन्सी

You Might Also Like