यस्ता समस्या लिएर डिभोर्सका लागि अदातलसम्म आउछन् महिला

दार्चुला । केही बर्षयता दार्चुलामा सम्बन्धविच्छेद (डिभोर्स) का घटना बढ्दै गएको छ। आर्थिक बर्ष २०७२/७३ मा सम्बन्धविच्छेदका लागि ९ मुद्दा जिल्ला अदालत दार्चुलामा दर्ता भएका थिए। आर्थिक बर्ष २०७३/७४ मा मुद्दाको संख्या बढेर १८ पुगेको छ।

चालू आर्थिक बर्ष २०७४/७५ को मध्यसम्ममा सम्बन्धविच्छेदका लागि भन्दै १० महिलाले जिल्ला अदालत दार्चुलामा निवेदन दिएको अदालतले जनाएको छ। अढाइ बर्षको तथ्यांक हेर्ने हो भने पनि सम्बन्धविच्छेदका लागि निवेदन दिने महिलाको संख्या बढ्दो क्रममा छ।

सम्बन्धविच्छेदका लागि महिलाले सोझै अदालतमा निवेदन दिन सकिने प्रावधानका कारण अढाई बर्षमा ३७ महिला अदालत पुगेका छन्। पुरुषहरुले सम्बन्धविच्छेदका लागि स्थानीय तहबाटै आउनुपर्ने प्रावधान छ।

सम्बन्धविच्छेद गर्न कस्ता महिला आउँछन् ?
महिला हिंसा र घरेलु हिंसाका कारण सम्बन्धविच्छेद गराइमाग्ने महिला धेरै भए पनि अंशका लागि सम्बन्धविच्छेद गर्ने र लोग्नेसँग बस्न नसकेर सम्बन्धविच्छेद गर्न खोज्ने, अर्का पुरुषसँग बस्ने योजनासहित पनि महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेको कानुन व्यवसायीको भनाइ छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

You Might Also Like