प्रियंका आज बाट कति वर्ष लागिन् त ?

नेपाली सिनेमाकी जल्दी बल्दी नायिका प्रियंका कार्कीको आज जन्मदिन परेको छ । २७ फेब्रुअरी १९८७ मा काठमाडौंको लाजिम्पाटमा जन्मेकी प्रियंका आजदेखि ३२ वर्षमा प्रवेश गरेकी छन् ।

उनी २०१२ बाट नेपाली सिनेमामा प्रवेश गरेकी प्रियंकाले ६ वर्षको यो समयमा आफूलाई शीर्षस्थानमा स्थापित गरिसकेकी छन् । सन् २००५ कि मिस टिन पनि हुन् प्रियंका ।

प्रियंकाले सन् २००७ मा अमेरिकाको नर्थ अलबामा विश्वविद्यालयबाट फिल्म मेकिङमा डिग्री हासिल गरेकी छन् । कान्तिपुर टेलिभिजनको ‘घरेबेटी बा’ हास्य टेलिशृंखलाबाट अभिनय यात्रा सुरु गरेकी प्रियंकाको पहिलो चलचित्र ‘थ्रि लभर्स’ हो । अहिलेसम्म उनले दुई दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छन् ।

You Might Also Like