पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वाञ्चल भ्रमणमा

gyanendra

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वाञ्चल भ्रमणमा जान लागेका छन्।

प्रप्त जानकारीअनुसार उनी फागुन २० गते झापाको दमक जाने र त्यहाँको चियाबगानमा मुकाम बनाउनेछन्।

शाहले करिब तीन साता झापामा बिताउने बुझिएको छ। उनको साथमा कोमल शाह पनि रहनेछिन् ।

झापामा रहँदा ज्ञानेन्द्र शाहले सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिसँग भेट गर्ने र केही देवस्थलमा पुगी पूचा अर्चना गर्ने बुझिएको छ।

यसअघि उनी पश्चिम नेपालको भ्रमणमा गएका थिए । उनले करिब तीन साता पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गरेका थिए।

पश्चिम नेपालमै रहँदा उनलाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले विशेष आमन्त्रण गरी अभिनन्दन गरेका थिए। आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

Entertainment
  • No categories

You Might Also Like