फुटबल –आर्मीको जित

काठमाडौँ, ३१ जेठ (रासस)-राजधानीमा जारी तेस्रो ललित स्मृति १८ वर्षमुनि (यु–१८) को फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोटर्फ मैदानमा आज भएको खेलमा आर्मीले लुम्बिनीलाई ४–० गोलअन्तरले पारजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो ।

साविक विजेता आर्मीले सरस्वती क्लबलाई पनि ४–० गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जीतमा दिनेश हेन्जनले खेलको २७ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले ।

त्यस्तै सावन लामाले खेलको ४४ औँ मिनेटमा गोल गरे भने रोशन थामसुङले खेलको ७५ औँ तथा दीपेश आलेमगरले खेलको दोस्रो हाफको इन्जुरी समय गोल गरे । जितसँगै आर्मीले ६ अंक जोडेको छ ।

आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी)ले सरस्वती युवा क्लबलाई १–० गोलअन्तरले पराजीत गर्दै विजयी भयो । एनआरटीको लागि रुजीत पुडासैनीले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।

आगामी असार २१ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विजेता टोलीले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कर पाउनेछन् ।
–––

मासिक राशिफल

You Might Also Like