सवारी दुर्घटनामा एकको मृत्यु

इटहरी, २ असार (रासस)-सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा नजिक धरान–इटहरी सडकखण्डमा आज भएको टेम्पो र बस एकापसमा जुध्दा भएको घटनामा एकजनाको मृत्यु भएको छ ।

उक्त घटनामा अरु तीनजना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

इटहरीबाट धरानतिर जाँदै गरेको ना५ख ८१७३ नंको बस र विपरीत दिशातिर आउँदै गरेको को१घ ९२०६ नंको टेम्पो एकापसमा जुध्दा टेम्पोमा यात्रारत धरान–१५ की घमाया दर्लामी मगरको मृत्यु भएको छ । गम्भीर घाइते उहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

उक्त घटनामा गम्भीर घाइते भएका धरानकै पेम मगर, रुमबहादुर मगर र रघुकुमारी मगरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको छ । बस र त्यसका चालकलाई इलाका प्र्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
–––

You Might Also Like