ललित स्मृति फुटबल -सरस्वती क्लब र लुम्बिनी विजयी

काठमाडौँ, ३ असार (रासस)-यहाँ जारी तेस्रो ललित स्मृति अठार वर्षमुनि (यु–१८)को फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको समूह ‘ए’ को खेलमा सरस्वतीले मच्छिन्द्र क्लबलाई २–० गोल अन्तरले हराएको हो । सरस्वतीको प्रतियोगितमा यो पहिलो जित हो । सरस्वतीका लागि सुवास कार्की र मनकुमार राईले गोल गरेका थिए ।

सरस्वतीले यसअघिका दुवै खेलमा हार व्यहोरेको थियो । सरस्वती आर्मीसँग ४–० ले तथा न्यूरोड टिम (एनआरटी)सँग १–० गोलअन्तरले पराजित भएको थियो । मच्छिन्द्रको यो लगातार दोस्रो हार हो । मच्छिन्द्र यसअघि एनआरटीसँग पराजित भएको थियो ।

यसैगरी, सोही मैदानमा आज भएको अर्को खेलमा लुम्बिनी फुटबल क्लबले एनआरटीलाई २–१ गोल अन्तरले पराजित ग¥यो । लुम्बिनीका लागि मोहन थापा र सुन्दर खड्काले गोल गरेका थिए । एनआरटीका लागि एकमात्र गोल रोजित पुडासैनीले गरेका थिए ।

Entertainment
  • No categories

You Might Also Like