थपलियाको मृत्युमा महासंघको समवेदना

काठमाडौँ, १७ असार (रासस)-नेपाल पत्रकार महासंघले महासंघका सदस्य एवं कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

महासंघले आज प्रेस विज्ञप्ति जारी गरी थपलियाको मृत्युको घटनालाई नेपाली पत्रकारिता क्षेत्रको अपूरणीय क्षतिका रुपमा लिएको र स्वर्गीय थपलियाप्रति हार्दिक श्रद्घाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामना गरेको हो ।

केही दिनदेखि ज्वरोबाट थलिनुभएका ४० वर्र्षीय थपलियाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा असार १५ गते निधन भएको थियो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय थपलियाले नयाँ विकल्प साप्ताहिक, जनपुकारका साप्ताहिक, खोजतलास साप्ताहिक, सन्ध्याकालीन दैनिक, स्पेसटाइम दैनिक, नयाँपत्रिका दैनिक, नागरिक दैनिकलगायतमा काम गर्नुभएको थियो ।

विज्ञप्तिमा भनिएको छ–“साहित्यिक क्षेत्रमा समेत क्रियाशील रहुनभएको पत्रकार थपलियाको निधनले नेपाली पत्रकारिताजगत्ले एक जुझारु, निर्भिक, कुशल र अनुभवी पत्रकार गुमाएको छ ।”

You Might Also Like