भुटानीको ‘किनाराको प्रश्न’

काठमाडाँै, ३२ असार (रासस)-भुटानमा नेपाली भाषीमाथि गरिएको अत्याचारमा केन्द्रित रहेर भुटानी साहित्यकार तुम्बेहाङ लिम्बूद्वारा लिखित ‘किनाराको प्रश्न’ कवितासंग्रह आज सार्वजनिक गरिएको छ ।

साहित्य परिषद् भुटान र घनश्याम सांस्कृतिक प्रतिष्ठानले सयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा संग्रहको समालोचक निनु चापागाईं र समालोचक प्रा डा गोपीन्द्र पौडेल, प्रात्र श्रवण मुकारुङ र साहित्यकार सीता शर्माले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

कवितासंग्रह सार्वजनिक गर्दै समालोचक चापागाईंले भुटानको राजनीतिक अवस्थाका कारण त्यहाँको नेपाली भाषी साहित्य समाप्त हुने दिशामा पुगेकाले यसलाई जोगाउन भुटानी स्रष्टाले सचेत ढंगले पहल गर्नुपर्ने बताउनुभयो ।

कवि मुकारुङले कवि तुम्बेहाङले सरल र सामान्यजनाले बुझ्ने भाषामा कविता लेखेकोे बताउनुभयो । साहित्यकार शर्माले लिम्बूका कविताले वर्गीय द्वन्द्वको चित्रण गर्दै तल्लो वर्गका जनतामा जागरण ल्याउने काम गरेको बताउनुभयो ।

कृतिमाथि समीक्षा गर्दै प्रा डा पौडेलले नेपाली भाषी भुटानीमाथि राज्यले बर्बरतापूर्वक निकै सास्ती दिएका कुरा कवितामा आएको बताउनुभयो । कवि तुम्बेहाङले भुटानमा नेपाली भाषीले साहित्य लेख्न मात्रै होइन सामान्य खेलकूद क्लबसमेत खोल्न नपाउने अवस्था रहेको बताउनुभयो । उहाँले भुटानी नेपालीले अधिकारका लागि आन्दोलन गर्दा देशबाटै लखेटिने गरेकाले आफूले भुटानी जनताले भोग्नुपरेका वर्गीय असमानता र विभेदका पक्षमा कलम चलाउँदै आएकोे बताउनुभयो ।

उक्त संग्रहसँगै नेपाली भाषी भुटानी कथाकारको संयुक्त कृति ‘समकालीन भुटानी नेपाली कथा’ समेत सार्वजनिक गरियो ।

Entertainment
  • No categories

You Might Also Like