अशोक दर्जी बेपत्ता पारिएको खबर झुटो, उनका बाबुले खोले यस्तो रहस्य (भिडियो)

काठमाडौँ, ९ साउन । सामाजिक सञ्जालमा निकै लोकप्रिय बाल गायक अशोक दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन परेको छ।

मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकेडेमीका प्रिन्सिपल दीपक न्यौपानेले गायक तथा संगीतकार टंक बुढाथोकीले बाल गायक दर्जीलाई बेपत्ता बनाएको भन्दै हिजो मंगलबार निवेदन दिएका हुन्। बाल गायक दर्जी बेथल एजुकेशनल एकाडेमीमा अध्यनरत छन्।

न्यौपानेले मंगलबार दमक नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा बाल गायक दर्जीलाईलाने बुढाथोकीलाई झिकाई पाऊँ भन्दै निवेदन दिएका थिए। संगीतकार बुढाथोकीले गत असार २३ गते परीक्षा चलिरहेको अवस्थामा बाल गायक दर्जीलाई लिगेर बेपत्ता पारेको प्रिन्सिपल न्यौपानेको आरोप छ।

यता असोक दर्जी बेपत्ता पारिएको भन्ने खबर सुनेपछि अशोकका बुबाले भने छोरोलाई लगेर बेपत्ता पारेको भन्ने खबर झुटो हो। यहाँ केही सड्यन्त्र हुनुपर्छ भन्दै बुबा अहिले मिडियासामु आएका छन्। पधानाध्यापक न्यौपानेले निबेदन दिए लगतै अशोक दर्जीका बुबाले दमक प्रहरी कार्यालयमा पुगेर वास्तविक कुरा बाहिर ल्याएका छन्। हेर्नुहोस् भिडियो …

Entertainment
  • No categories

You Might Also Like