आज आईतबार यस्तो छ सुनचाँदीको मूल्य, हेर्नुहोस् …

काठमाडौं, १३ साउन । आज आईतबार पनि नेपाली बजारमा सुन चाँदीको मूल्य यथावत रहेको छ।

नेपाली बजारमा गत शुक्रबार प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि यथावत मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तैगरी आज चाँदीको मूल्य पनि यथावत छ। आज चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

You Might Also Like