कम्बोडिया पठाइदिने भन्दै ८८ लाख ठगी, यसरी परे प्रहरी फन्दामा

काठमाडौं, १७ साउन । महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई बुधबार काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् ।

बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५० हजार देखि रु छ लाखसम्मका दरले रु ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका पक्राउ गरिएको हो ।

उनलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । –रासस

Entertainment
  • No categories

You Might Also Like