हातमा यी रेखा छन् भने तपाईको विदेश यात्रा सफल हुनेछ

काठमाडौँ । हातमा हुने चन्द्र पर्वत र विदेश जाने यात्रासँग एक रेखा जोडिएको हुन्छ । यो रेखा अगाडि बढ्नु भनेको विदेश यात्रा र परिणाम तय गर्नु हो । यदि चन्द्र पर्वतबाट निस्कने कैयौँ रेखा भाग्य रेखालाई काटेर जीवन रेखामा गएर मिल्दछ भने जान्नुहोस् यी व्यक्तिले विश्वका थुप्रै देशको यात्रा गर्दछन्।

यदी जीवन रेखा स्वत घुमेर चन्द्र पर्वतमा आईपुगेको छ भने त्यो मानिसले विश्वका थुप्रै देशको यात्रा गर्दछ र मृत्यु पनि जन्मभूमी बाहेक अन्य देशमै हुनेछ । यदि चन्द्र पर्वतबाट उठ्ने आधाजति रेखा चन्द्र पर्वतलाई पार गरेर भाग्य रेखामा गएर मिलेको छ भने त्यो व्यक्तिले दोस्रो देशबाट महत्वपूर्ण सफलता हात पार्नेछ ।

यदि कुनैपनि मानिसको दाहिने हातमा विदेश यात्रा रेखा छ र देब्रे हातमा विदेश यात्रा रेखा छैन अथवा रेखाको सुरुमै कतै काट्टिएको छ भने यात्रामा कुनै न कुनै बाधा उत्पन्न हुनसक्छ । अथवा विदेश गएर पनि त्याहाँ बस्ने मन मरेर वा नभएर फर्किन सक्छ।

यदि यात्रा रेखा टुटे फुटेको छ वा स्पष्ट छैन भनेपनि यात्राको योग कम हुन्छ । प्रत्यक्षमा कुनै यात्रा हुँदैन । यात्रा रेखालाई यदि कुनै अन्य रेखाले काटेर गएको छ भने यात्रामा दुर्घटना हुनसक्छ अथवा अन्य प्रकारका दुखद् घटना हुन सक्छ।

मणिबन्धबाट निक्लेको कुनै रेखा मंगल पर्वतको नजिकै पुगेको छ भने त्यो व्यक्ति जीवनमा समुन्द्री विदेश यात्रा गर्दछ । प्रथम मणिबन्धबाट माथि उठेर चन्द्र पर्वतको नजिकै पुगेको छ भने त्यसलाई सबैभन्दा शुभ मानिन्छ । परिणामत यात्रा सफल र लाभदायक हुन्छ।

You Might Also Like