आमाको कुटाइबाट ८ बर्षीय छोरीको ज्यान गयो

भद्रपुर, ७ भदौ । आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ ।

मृत्यु हुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकोे विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

सफलताको दाहिने कञ्चट, ढाड र दुवै हातमा नीलडाम देखिएको छ । हेमन्तालाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

Loading...
dupteswor

You Might Also Like