सुनको अभाव भएपछि सुनचाँदी पसल बन्द

बुटवल, ९ भदौ । सुनको अभाव भएको भन्दै सुनचाँदी व्यसायीले रुपन्देहीमा शुक्रबार पसल बन्द गरेका छन् । विभिन्न पर्व नजिकिन लाग्दा उनीहरुले सुन पर्याप्त आपूर्ति नभएको भन्दै पसल बन्द गरेका हुन् ।

सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक नभएको रुपन्देही सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष एमबी विश्वकर्माले बताए । उनले २०६८ सालमा जारी भएको सुन वितरणको नीति अहिले परिवर्तन नभएकामा चिन्ता व्यक्त गरे ।

बैँकले सरल र सहजरुपमा न्यूनतम ५० ग्रामदेखि आवश्यकता अनुसार सुन वितरण गर्ने प्रणाली हुनुपर्ने उनको भनाइ छ । जिल्लामा झण्डै ४०० सुनचाँदी व्यवसायी छन्, भने दैनिक तीनदेखि पाँच किलो सुन खपत हुन्छ ।

You Might Also Like