अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो

काठमाडौं, १६ भदौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ । शुक्रबारसम्म एक अमेरिकी डलरको खरिद मूल्य १ सय १२ रुपैयाँ ८९ पैसा छ भने विक्री मुल्य १ सय १३ रुपैँया ४९ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च वृद्धि होे ।

विहिबार पनि डलरले मुल्य बढेका थियो । विहिबार डलरको मुल्य एकको खरिदर १ सय १२ रुपैँया र विक्रीदर १ सय १३ रुपैँया २५ पैसा थियो । शुक्रबारको तुलनामा विहिबार २४ पैसाले डलर महगिएको छ । अमेरिकी डलर महँगिएपछि नेपाली रुपैँया थप कमजोर भएको छ । गत बैंशाखमा अमेरिकी डलर औसत १ सय ६ रुपैयाँ ३८ पैसाको हाराहारीमा थियो ।

५ महिनाको अवधीमा नेपाली रुपैयाँ झण्डै ८ रुपैयाँले कमजोर भएको छ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएपछि अमेरिकी अर्थतन्त्र मजवुत भएको छ । डलरको भाउ बढेसँगै त्यसको असर वस्तु तथा सेवाको भाउमा पर्छ र मुद्रास्फितीको चाप बढ्ने गर्छ । डलरको भाउ वृद्धि भएपछि मुख्य रुपमा आयातित वस्तुको भाउ बढ्ने गर्छ ।

जसले गर्दा मुखमै आउन लागेको दशैँ तिहार महँगिन सक्ने राष्ट्र बैंकको आँकलन छ । डलर महँगिँदै गएपछि सरकारलाई आयात गरिने हरेक आयातमा घाटा वेहोर्नु पर्नेछ । शुक्रबार डलरसहित युरो लगायत अन्य देशको पनि मुल्य बढेको छ । यूरोको खरिददर १ सय ३१ रुपैयाँ ९८ पैसा छ भने विक्रीदर १ सय ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४६ रुपैयाँ ९२ पैसा छ भने बिक्रीदर १ सय ४७ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बै।कले जनाएको छ । त्यस्तै,जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा र विक्रीदर १० रुपैयाँ १८ पैसा,कतारी १ रियालको खरिददर ३१ रुपैयाँ र विक्रीदर ३१ रुपैयाँ १६ पैसा, कुवेती १ दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।

You Might Also Like