एशिया कप छनोट क्रिकेट : पहिलो चरणको अन्तिम खेलमा नेपाल र हङकङ भिड्ने

काठमाडौँ १८ भदौ । नेपाल र हङकङ मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार भिड्ने भएका छन्।

चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ। हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा छ। नेपाल ओमान र संयुक्त अरब इमिरेट्स (युएइ)सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो। छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्नेछ भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ।

चार खेलमध्ये तीनमा जितका साथ ओमान अङ्क तालीकाको शीर्ष स्थानमा छ। चार खेलमध्ये तीनमा जित तथा एक हारका साथ युएई दोस्रो स्थानमा छ। मलेसिया र सिङ्गापुर फाइनल पुग्ने होडबाट बाहिरिसकेका छन्। रासस

You Might Also Like