प्रतिपक्षी कांग्रेसले लगायो सरकारमाथी यस्तो आरोप

काठमाडौ, २० भदौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पछिल्लो समय देशमा भइरहेका महिला हिंसा र बलात्कारको घटनाप्रति सरकार गम्भीर नभएको अरोप लगाए ।

रिपोर्टस क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले लामो समयसम्म पक्राउ नगरेर संरक्षण दिएको जिकिर गरे ।

“कञ्चनपुर घटनामा सरकारको भूमिका कहालीलाग्दो छ । समाजलाई सुरक्षित बनाउने कामभन्दा पनि बलात्कारीलाई संरक्षण गर्नेतिर सरकार केन्द्रित भएको छ ।

दोषी लुकाउने प्रयास नगरियोस् ।” रिजालले भने । बलात्कारका घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा सजायँ दिलाउन उनले सरकारको ध्यानाकर्षण समेत गराए ।

Entertainment
  • No categories

You Might Also Like