सांसद नवीनाले छुटाएका गुण्डा नाईके फेरी पक्राउ, अब के गर्लिन् ?

काठमाडौं, २० भदौं । गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार लामालाई राजधानीको ठमेलबाट नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको सहयोगीको रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेपछि गत असार २८ गते प्रहरीले पक्राउ गरेको थियो । तर, पूर्व विद्यार्थी नेत्री तथा सांसद नविना लामाले छुटाएकी थिइन् । यसपाली नेतृ लामा फेरि उनलाई छुटाउन आउछिन् कि आउदिनन् प्रहरीमा चासोको विषय बनेको छ ।

काटछु भनेर धम्कि दिए
अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मान बहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।

दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ । गएको शनिवार दावा लामालाई भारतीय प्रहरीले फेक करेन्सी मुद्धामा इन्दिारागान्धी अन्तराष्ट्र्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

मासिक राशिफल

You Might Also Like