आज यूएस डलर, कतार, कुवेत, बहराइनको मूल्य बढ्यो, अन्य देशको कति ?

काठमाडौँ, २० भदौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३४ रुपैयाँ ५४ पैसा छ।

त्यस्तैगरी साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ पैसा छ भने युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रिदर ३१ रुपैयाँ २६ पैसा तोकेको छ।

दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा, बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ ९३ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३ सय ४ रुपैयाँ ९९ पैसा रहेको छ।

मलेसियन रिङ्गेट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ भने यूके पाउण्ड स्ट्रेलिङ एकको खरिददर १४६ रुपैयाँ ५० पैसा विक्रिदर १४७ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तैगरी यूएस डलर १ को खरिददर ११४ रुपैयाँ २४ पैसा, बिक्रिदर ११४ रुपैयाँ ८४ पैसा रहेको छ भने यूरोपियन यूरो १ को खरिददर १३२ रुपैयाँ २ पैसा, बिक्रिदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

मासिक राशिफल

You Might Also Like