यस्ती पनि आमाः जसले छोरीको सामूहिक बलात्कार गर्न लगाइ आफै हत्या गरिन्

भारत, २१ भदौं । भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको छ । सुन्दा अचम्म र अविश्वास लाग्ला ती बालिकालाई आफ्नै आमाले सामूहिक बलात्कार गर्न लगाई हत्या गरेकी हुन् ।

प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा उनकी सौतनी आमासहित चार जना पुरुषलाई पक्राउ गरेको छ । बलात्कार गरी घरभन्दा केही परको जङ्गलमा लगेर ती बालिकाको शव गाडिएको अवस्थामा भेटिएको थियो । पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाणहरु जम्मा भइरहेको प्रहरीले जनाएको छ । भारत प्रशासित काश्मिरको बरमुल्लाह जिल्लामा भएको घटनामा बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा लगेर गाडिएको प्रहरीले बताएको छ ।

उनी बेपत्ता भएको १२ दिनपछि ती बालिकाका पिताले प्रहरीमा उजुरी गरेका थिए । त्यसपछि प्रहरीले खोज्ने क्रममा मङ्गलबार उनको शव भेटेको थियो । हत्यामा ती बालिकाकी सौतेली आमाको पनि हात रहेको आशङ्का प्रहरीले गरेको छ । बालिकासँग उनकी सौतेली आमा सधैँ रिसाउने गरेकाले यस घटनामा उनको पनि हात रहेको अनुमान प्रहरीले गरेको छ । गएको अगष्ट २४ मा ती सौतेली आमाले आफ्नै १४ वर्षीय छोरा र उनका १४ र १९ वर्षका साथीलाई ल्याएर ती बालिकालाई बलात्कार गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बालिका गएको २४ अगष्टदेखि हराएको सूचना आएपछि उनलाई उनकै आमाले जङ्गलतर्फ लगेको देखेको गाउँलेले बताएका थिए । छत्तीस वर्षीय तिनै सौतेली आमाले नै बञ्चरोले टाउकोमा हानेर ती बालिकाको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ । यस हत्यामा अर्को एकजना २८ वर्षीय स्थानीयको पनि हात रहेको अनुमान गरिएको छ । उसलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । महिलाको छोरासहितका तीन जना बालकले भने बलात्कार र हत्यामा आफूहरुको हात रहेको स्वीकार गरेका छन् ।

प्रहरी अनुसन्धानका क्रममा उनीहरुले स्वीकार गरेको प्रहरी प्रतिवेदनमा जनाइएको छ । हत्या गरी ती बालिकाको शव गाडिएको समाचारले भारतभर शोक छाएको बताइएको छ । भारतमा हुने गरेका निर्मम हत्या र बलात्कारका घटनाको पछिल्लो दर्दनाक यो घटनाले सबै भारतीय स्तब्ध बनाएको सञ्चारमाध्यमहरुले दिएका छन् ।

Entertainment
  • No categories

You Might Also Like