रोकिएन टिपर आतंक, दाजुभाईकै लियो ज्यान !

काठमाडौं, २१ भदौं । बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ ।

मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो । उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ बर्षीय विकास राई र २३ बर्षीया सचिन्द्र राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

मृत्क विकास र सचिन्द्र दाजुभाई हुन् । विदेशबाट आएको समान लिन उनीहरु महोत्तरीको बर्दिवाससम्म यात्रारत थिए । चारपाङ्ग्रे एउटा गाडीलाई ओभरटेक गरेको स ५ प ९०४६ मोटरसाईकललाई ढल्केबरबाट पुर्वतर्फ गईरहेको ना १ प ६१८९ नम्बरको टिपरले ठक्कर थिएको थियो ।

टिपर तिब्र गतिमा थियो ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर दीपक साहले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

You Might Also Like