बाघको आक्रमणबाट तीज मनाउन मामाघर हिडेकी ५ वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची, २६ भदौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ नेपालीचौर किमडाँडामा बाघले ५ वर्षीया सदिक्षा रानाको ज्यान लिएको छ ।

तीज मनाउन आफ्नो आमासँग मामाघर हिँडेकी रानालाई बाटोमा पर्ने आफन्त खुमादेवी रानाको घर पुगेर नजिकैको पसलबाट चाउचाउ लिएर घर फर्कने क्रममा झाडीमा लुकेर बसेको बाघले आक्रमण गरि जंगलतर्फ लगेको थियो ।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क १० धरमपानी निवासी रिखिराम राना र पुष्पा रानाकी ५ वर्षीया छोरी सदिक्षा राना रहेको प्रहरीले जनाएको छ । बालिका चाउचाउ लिएर अबेरसम्म घर नफर्किएपछि बाघले लगेको जानकारी पाउना साथ स्थानीयबासीले जिल्ला प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयले खोज्ने क्रममा घर नजिकै रहेको जङगलमा बालिकाको टाउको, हात र खुट्टा बाहेक शरिरको अरू सबै भाग बाघले खाईसकेको अवस्थामा फेला पारेका थिए ।

You Might Also Like