द भ्वाईसमा आएकी सारङ्गीवाली युवती, जसको एक बोलीले प्रमोद खरेलले यस्तो गरे

काठमााडौं । विश्वकै नम्बर वान गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ को व्लाईन्ड अडिसन अहिले चलिरहेको छ। सुशील नेपालले होस्ट गरेको उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन्।

जसको ७ औँ दिनमा चलेको व्लाईन्ड अडिसनमा एक प्रतिस्पर्धी आईन् र सारङ्गी बजाएर जजहरुको मन जित्न सफल भईन्। उनले हे मेरी आमा नरोईबस अँध्यारो कुनामा बोलको गीत गाएपछि उनको गायकी देखेर जजहरु नै चकित परे। भोजपुर स्थायी घर हाल कीर्तिपुरमा बस्दै आएकी ब्रत गन्धर्वले उक्त गीत गाउँदा द भ्वाईस अफ नेपालमा निकै हर्ष बढाईँ भएको थियो।

उनलाई आफ्नो टिममा पार्न जजहरुले पनि निकै मेहनत गरे। गायक प्रमोद खरेलले त क्यारिकेचर सहितका तीन गीत नै गाए। हेर्नूहोस् यस्तो छ हिजोको भ्वाईस अफ नेपाल र ब्रतले गाएको सुमधुर गीत :

मासिक राशिफल

You Might Also Like