आजको राशिफल : मिति २०७५ साल असोज १ गते अष्टमी तिथि सोमबार

rashifal

मेष राशि : मेष राशि हुने व्यक्तिका लागि आज बाहिर घुम्ने, पार्टी र मोज मस्तीले तपाईको मुड राम्रो बनाउनेछ। नयाँ काममा सफलता प्राप्त हुनेछ तर सोचेजस्तो लाभ प्राप्त नहोला । कुनै पनि काममा हात हाल्नु पूर्व सोचबिचार गरेर मात्र निर्णय गर्नु राम्रो देखिन्छ।

वृष राशि : वृष राशि हुने व्यक्ति आज आर्थिक संकटबाट बच्नका लागि बचत गरेको रकम खर्च गर्नबाट बच्नुहोस्। तपाईका सन्तानले तपाईलाई निकै मुस्किल घडीमा पुर्याउन सक्नेछन्। माया ममताको भावनाले उनीहरुलाई सम्झाउन सक्नुहुनेछ। आज प्रेमको मामिलामा सामाजिक बन्धन तोडनबाट बच्नुहोस्।

मिथुन राशि : मिथुन राशि हुने व्यक्ति आज सकेसम्म यात्रामा ननिस्किनुहोस्। लामो यात्राका लागि आज तपाईको दिन राम्रो छैन्। आज तपाई कुनै गहना वा घरेलु सामान खरिद गर्न सक्नुहुन्छ। आज प्रेम सम्बन्धमा स्वतन्त्र विवेकको प्रयोग गर्न सक्नुहुनेछ। सेमिनार तथा प्रदर्शनीबाट आज नयाँ जानकारी प्राप्त गर्न सक्नुहुनेछ।

कर्कट राशि : कर्कट राशि हुने व्यक्ति आज आर्थिक मामिलामा सावधानी रहन आवश्यक छ। आज हरकोही व्यक्ति तपाईसँग साथी बन्न चाहन्छन्। उनीहरुको इच्छा पुरा गर्न सके खुसी महशुस हुनेछ। शहर भन्दा बाहिरको यात्रा तपाईका लागि त्यही फलदायी नहोला। आज छिमेकीले तपाईको वैवाहिक सम्बन्धमा समस्या उत्पन्न गराउनेछन् तर तपाईको प्रेम बलियो हुँदा त्यसले कुनै असर गर्ने छैन्।

सिंह राशि : सिंह राशि हुने व्यक्तिले आज दोस्रोका लागि खर्च धेरै गर्न सक्नुहुनेछ। नयाँ रोमान्सको सम्भावना प्रवल छ। प्रेमको फूल तपाईको जीवनमा चाडै देखिनेछ। आज मानसिक शान्तिका लागि दान पुण्यमा सहभागी बन्नुहोस्। आज यस्तो कार्यमा सहभागी हुनुहोस्, जसबाट तपाईलाई शान्ति मिल्नेछ। आज कुनै नयाँ कार्य सुरु गर्दै हुनुहुन्छ भने सावधानी अप्नाउनुहोला ।

कन्या राशि : कन्या राशि हुनेहरुका लागि आज मनोरञ्जन र ऐशोआरामको साधनमा आवश्यकता भन्दा बढी खर्च होला । बच्चाको फैसलाले आज तपाईलाई थोरै तनाव दिनसक्छ। उनीहरुलाई राम्रोसँग प्रेममय वाणीले सम्झाउने प्रयास गर्नुहोला। सकारात्मक र उच्च वौद्धिक क्षमताले तपाईको आज अभावमा लड्न सहयोग पुर्याउनेछ।

तुला राशि : तुला राशि हुनेहरुका व्यक्तिको स्वास्थ्य अवस्था आज राम्रो हुनेछ। आज तपाईलाई जुन समस्याले सताएको छ, त्यसलाई होसियार, चतुरताका साथ सुल्झाउन सक्नुहुनेछ। लागि आजको दिन उर्जावान रहेको छ। आजको दिनबाट सुरु गरेका काममा आर्थिक लाभ प्राप्त हुनेछ। आज परिवारका कुनै समस्यको स्वास्थ्यले मानसिक समस्या दिन सक्नेछ। कार्यक्षेत्रमा उन्नती तथा बाधाहरु मेहनत गरेर हटाउनु पर्नेछ।

वृश्चिक राशि : वृश्चिक राशि हुनेहरुका लागि आजको सामान्य रहेको छ। मनोरञ्जनभन्दा बाहिरका गतिविधि र खेलकुदमा सहभागी हुन सक्नुहुनेछ। प्राप्त भएको धन तपाईले सोचे अनुरुप नहोला । साथीभाइसँग समय बिताउने अवसर प्राप्त हुनेछ। आज धर्मप्रति विशेष रुची बढ्ने देखिछ। दोस्रो व्यक्तिलाई राजी गराउने क्षमता वा आउने मुस्किल हल गर्नमा सफल रहनुहुनेछ।

धनु राशि : धनु राशि हुने व्यक्तिले आज साथी तथा परिवारसँग खुसीको पल बिताउन आवश्यक छ। आफ्नो मनमा चाडै पैसा कमाउने इच्छा तिब्र रुपमा वृद्धि होला । आज दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। घरेलु उत्तरदायित्व निभाउने अवसर मिल्नेछ।

मकर राशि : दोस्रो व्यक्तिलाई प्रभावित गर्नका लागि खर्च बढी हुनेछ। आजको दिनमा तपाईलाई काममा दबाव कम हुनेछ। पुरानो बिरामीबाट केही राहत प्राप्त गरेको महशुस हुनेछ। अफिसमा लामो समयसम्म रोकिए मात्र काम बनेछ। यदी तपाई घरेलु जिम्मेवारी थाहा पाएर पनि त्यसको वास्ता गर्नु भएन् भने जीवनसाथी रिसाउने छन्।

कुम्भ राशि : कुम्भ राशि हुनेहरुको दिन आज निकै राम्रो छ। आज तपाईको स्वास्थ्यले कुनै असाधारण काम गर्ने क्षमता दिनेछ। परिवार र साथीभाइको सहयोग प्राप्त होला । विवाहित व्यक्तिले जीव साथीलाई खुसी राख्का लागि कुनै योजना बनाउनु राम्रो हुनेछ। आवश्यकता भन्दा बढी खर्च मनोरञ्जनका लागि हुने छ।

मिन राशि : मिन राशि हुने व्यक्तिहरु आज आफ्नो स्वास्थ्य प्रति धेरै सावधानी रहन आवश्यक छ। त्यसमा पनि रक्तचापका विरामीले बढी सावधानी अप्नाउनु पर्नेछ। आज घुमने, फिरने र पैसा खर्च गर्ने मूडमा हुनुहुन्छ भने तपाईले योजना बनाएको काममा पनि पछुतो हुन सक्छ। सोचेर मात्र निर्णय लिनु राम्रो मानिन्छ।

मासिक राशिफल

You Might Also Like