नौ विद्यार्थीका हत्यारालाई मृत्युदण्ड

सिआन, चीन, ११ असोज । चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ। स्थानीय अदालतले सो जानकारी दिएको छ।

झाओ जेवेइ नाम गरेका ती व्यक्तिलाई युलिनको प्रान्तीय अदालतले यसअघि नै मृत्युदण्डको सजाय सुनाएकोमा बिहीबार सान्जी प्रान्तमा अवस्थित उच्च अदालतले सो आदेशलाई सदर गरिदिएको हो। सान्जीको प्रान्तको सुप्रिम पिपुल्स् कोट (एसपीसी) ले बिहीबार उनीमाथिको मृत्युदण्डको सजायलाई सदर गरिदिएको बताइएको छ।

सो व्यक्तिले उक्त प्रान्तको मिझी ग्रामीन इलाकामा रहेको एक माध्यामिक विद्यालयमा गत अप्रिल २७ मा आक्रमण गरी नौ विद्यार्थीको हत्या गरेको थियो। उक्त आक्रमणबाट अरु १२ जना विद्यार्थी पनि घाइते भएका थिए। गत जुलाई १० मा नै युलिनको प्रान्तीय अदालतले जाओलाई मृत्यु दण्डको सजाय सुनाएको थियो।

सोही विद्यालयका पूर्व विद्यार्थी रहेका २८ वर्षीय झाओले विद्यालयमा आक्रमणको योजना बनाएरै पाँच ओटा चक्कु बोकेर विद्यालय पुगेका प्रहरीले जनाएको थियो । झाओले बदलाको भावनाले सो आक्रमण गरेका बताइएको छ। तर उनले को सँग र किन बदला लिनु परेको हो भन्ने बारेमा भने केही बताइएको छैन।

You Might Also Like