आफ्नै छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

ओखलढुंगा, १४ असोज । आफ्नै छोरीलार्इ जवरजस्ती करणी गरेको अभियोगमा एक जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुंगा सुनकोशी गाउँपालिका ७ केउरीनीका ३६ एक पुरुषलाई ओखलढुंगा प्रहरीले आफ्नै छोरीलार्इ जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

अभियुक्तले छोरीलाई जवरजस्ती करणी गरी भागेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सोही ठाउँ स्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा उनलार्इ फेला पारेको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। पीडितको परिचय खुल्ने भएकाले उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन्।

मासिक राशिफल

You Might Also Like