आजको राशिफलः मिति २०७५ साल असोज १६ गते मंगलबार

अाजको पञ्चाङ्ग

वि.सं. २०७५ साल असोज १६ गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– अष्टमी

मेष राशि
सफलता र असफलता आफ्नै हातमा भएको हुँदा लगनशील भई अगाडी वढ्नुहोला । सजकता अपनाएर अगाडी वढ्नुभयो भए दुर्घटना टर्न सक्नेछन् ।

बृष राशि
प्रातकाल त्यती अनुकुल नदिएपनि मध्यान्हदेखि समयले साथ दिनेछ । काममा देखिएका समस्या कम भएर जानेछन् । व्यापार व्यबसायमा बिस्तारै सुधार हुनेछ ।

मिथुन राशि
प्रातकालमा देखिएका सम्भावना मध्यान्हमा गयर विलाउने छन् । आशा, भरोसा निरासमा परिणत हुनेछ । आर्थिक कारोबार विग्रन सक्छ सचेत रहनुहोला ।

कर्कट राशि
ग्रहगोचर अनूकुल देखिन्छ । योजना बनाएर अगाडी बढ्नुहोला अवश्य सफलता मिल्नेछ । व्यापार, व्यबसायबाट आम्दानी वढ्नेछ ।

सिंह  राशि
समयको गति सँगै काममा सुधार आउनेछ । अपुरा अनि अधुरा कामहरु बन्नेछन् । हिजो औंला ढडाउनेहरु आज नतमस्तक भएर पछाडी लाग्नेछन् ।

कन्या राशि
प्रातकाल प्रतिकुल नै छ । घर डेराको समस्या बल्झन सक्छ अरुको काम गरेर फाइदा हुन्न । मध्यान्हदेखि समयमा सुधार हुँदै जाने छ तर कामले पूर्ण गति भने लिनेछैन् ।

तुला राशि
मध्यान्हबाट प्रतिकुलता वढ्दै जानेछ । समयमा काम गर्न सकिएन भने अवसरहरु गुम्न सक्छन् । भौतिक सुखमा कमी आउनेछ । सपनाहरु अधुरा रहन सक्छन् ।

बृश्चिक राशि
काम गर्ने वातावरण बन्नेछ, अधुरा सपनाहरु केहि पुरा हुनेछन् । थोरै प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । दाम्पत्य जीवनमा सुखानूभुती हुनेछ ।

धनु  राशि
प्रतिस्पर्धाबाट टाढा नभाग्नुहोला पुराना मुद्धा फस्छ्यौट हुनेछन् । सबैलाई आफ्नो ठानेर आत्मीय कुरा नखोल्नुहोला । नोकरीमा पदोन्नती हुने देखिन्छ ।

मकर राशि
दुविधामुक्त भएर काममा लाग्नुहोला । जीवनसाथीको सहयोग र सल्लाहमा काम गर्दा वढी उपलब्धी हात लाग्ने छ । व्यापार व्यबसायमा सुधार आउनेछ ।

कुम्भ राशि
प्रातकालमा गरेका काममा सफलता मिले पनि मध्यान्हमा काम बन्ने देखिन्न । काम गर्ने जोस जागर घटेर जानेछ । विश्वास र भरोसा टुट्न सक्छ ।

मीन राशि
समय थोरै अनुकुुल बन्नेछ । आर्थिक समस्या कम भएर जानेछन् । आफन्तबाट सहयोग मिल्नेछ । पढाइलेखाइमा कम ध्यान जानेछ ।

You Might Also Like