भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुने

काठमाडौँ, १६ आसोज । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा यहाँ जारी सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुँदैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आज पहिलो सेमफिाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा दोस्रो सेमिफाइलनमा एपिएफले न्यू डायमण्ड क्लबसँग खेल्नेछ।

प्रतियोगितामा सहभागी छ टोलीमध्ये पोखरा पिङ्केज र त्रिभुवन आर्मी क्लब भने समूह चरणबाट बाहिरिएका छन्। यही असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा न्यू डायमण्ड, चितवन टाइगर्स र त्रिभुवन आर्मी सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस र पोखरा पिङ्केज गरी छ टोलीले सहभागिता जनाएका छन्।

भलिबलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिको प्रतियोगिताको विजेताले रु छ लाख, दोस्रोले रु तीन लाख र तेस्रोले रु एक लाख ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र रु ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्का महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो।

You Might Also Like