बाँकेमा हाइस र ट्रक ठोक्किदा ६ जनाको मृत्यु, १२ घाइते

दाङ । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको हाइस बाँकेमा ट्रकसँग ठोक्किदा ६ जनाको ज्यान गएको छ। अन्य १२ जना यात्रु घाइते भएका छन्।

तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस बाँकेको ठुटे जंगलमा विपरित दिशाबाट आउँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किदा ६ जनाको ज्यान गएको हो।

घाइते यात्रुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

You Might Also Like