पीडित पतीहरुले गरे जिउँदै पत्नीलाई पिण्डदान, कारण छ रोचक !

एजेन्सी । भारतको महाँराष्ट्रमा श्रीमति पीडित पुरुषहरुले आफ्न जिउँदै पत्नीलाई पिण्डदान गरेका छन्। हिजो आईतबार गरिएको यो पिण्डदानको उद्देश्य समाजमा श्रीमती पीडित भएको बारेमा बताउनु रहेको खुलासा गरेका छन्।

पिण्डदानका क्रममा पण्डितले मन्त्र उच्चारण गरेका छन् भने ति पुरुषहरुले पूजा आजा गरी पिण्ड गोदावरी खोलामा लगेर सेलाएका छन्। यस्तो पिण्डदान गर्नेमा १०० भन्दा बढि पुरुषहरु रहेका छन्।

उनीहरुले पुरुष आयोग गठन गर्न माग पनि गरेका छन्। उनीहरुका अनुसार पिण्डदान कार्यक्रम पति पत्नीको सम्बन्ध तोडिएको जानकारी दिन गरिएको हो। हिन्दूधर्ममा दिवंगत आत्मालाई पिण्डदान गर्ने परम्परा रहेको छ।

You Might Also Like