बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना

एजेन्सी । बलिउड अभिनेता दिलीप कुमारको स्वास्थ्यमा फेरि समस्या देखिएको छ। निमोनियाको समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको हो।

यसअघि डिसेम्बर ५ मा पनि दिलिप कुमारको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो। त्यो बेला उनको छातीमा पीडा र इन्फेक्सनको समस्या देखिएको थियो।

उनकी पत्नी तथा अभिनेत्री सायरा बानोले ट्वीट मार्फत लगातार दिलिपको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएकी थिइन्। त्यसको एक महिनापछि फेरि उनको स्वास्थ्यमा समस्या देखिएको हो। ९५ वर्षीय दिपिलकुमारको स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनकी पत्नी निकै चिन्तामा छिन्।

Entertainment
  • No categories

You Might Also Like