डलरको भाउ अहिलेसम्मकै उच्च, हेर्नुहोस् आजको बजारभाउ

काठमाडौं, २३ असोज । आज मंगलबार विदेशी मुद्राको मूल्य यथावत रहेको छ। आज युएस डलर एकको खरिददर ११८ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ११८ रुपैयाँ ८० पैसा रहेको छ। यसअघि डलरको भाउ ११७ रुपैयाँ ७३ पैसा रहेको थियो।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ र बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा छ। युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रिदर २८ रुपैयाँ ५४ पैसा रहेको छ।

यसैगरी कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४० पैसा र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ८ पैसा रहेको छ।

 

अन्य देशको विवरण तालिकामा हेर्नुहोस् :

 

You Might Also Like