बुङ्गलमा जीप दुर्घटना, २ को मृत्यु १२ घाईते, मृतक र घाईतेको (नामावली सहित)

डडेल्धुरा, २३ असोज । डडेल्धुराको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। बागथलाबाट बिजगडा जाने क्रममा ठिमिबगर भन्ने ठाउँमा बिहान साढे ६ बजे से १ ज ७२६ नम्बरको जीप सडकबाट खसेको हो।

दुर्घटनामा कञ्चनपुर बेदकोट वडा नम्बर ५ का ५६ वर्षीय धनबहादुर बोहरा र त्यही ठाउँकी ६५ वर्षीया बोहराले जीवन गुमाएका छन्। जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

बुङ्गल नगरपालिका ५ मिणीबगरमा जीप दुर्घटना हुँदा कञ्चनपुर बेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीया बिष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी – ५ का ५६ वर्षीय धन बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ। यसैबीच जीप दुर्घटनामा अन्य १२ जना घाईते भएका छन्।

घाइते हुनेहरुमा कञ्चनपुर बेदकोट नगरपालिका बस्ने ३० वर्षीय मुडु बोहरा, ३५ वर्षीय प्रेम बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीया माया बोहरा, ४३ वर्षीया लालमती बोहरा रहेका छन्।

यस्तै सोही ठाउँका चन्द्र सिंह बोहरा, विरेन्द्र बोहरा, बुङ्गल ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुङ्गल ८ का धिरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी जीप दुर्घटनामा चालक ४२ वर्षीय रण बहादुर खाती र सहचालक सुनील खाती पनि घाइते भएका छन्। घाईतेहरुको नजिकैको स्वास्थ्य सँस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ।

Entertainment
  • No categories

You Might Also Like