अमेरिकी डलरको भाउ इतिहाँसकै उच्च, कुवेती दिनार र खाडी मुलुकको पनि मूल्य बढ्यो

काठमाडौं, २४ असोज । आज बुधबार विदेशी मुद्राको मूल्य यथावत रहेको छ। आज युएस डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ११९ रुपैयाँ ३३ पैसा रहेको छ। यसअघि डलरको ११८ रुपैयाँ २० पैसा रहेको थियो।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० र बिक्रिदर ३२ रुपैयाँ ७७ पैसा छ। युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रिदर २८ रुपैयाँ ७० पैसा रहेको छ।

यसैगरी कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ पैसा र बिक्रिदर १० रुपैयाँ ४९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा रहेको छ।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस् :

You Might Also Like