अमिताभमाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोप, सयालीले खोलिन् थप रहस्य

एजेन्सी । हाल बलिउडमा एक पूरानो यौन दुरव्यवहारको विषय निकै भाईरल भएको छ। सयाली भगतले सन् २०११ मा बलिउडका सुपर स्टार अमिताभ बच्चनले आफुलाई यौन दुरव्यवहार गरेको बताएकी छन्।

द ट्रेन, जेल जस्ता फिल्ममा काम गरिसकेकी पूर्व मिस इन्डिया सयाली भगतले सन् २०११ मा एक स्टेटमेन्ट जारी गर्दै उक्त आरोप लगाएकी हुन्। भारतमा मि टु मुभमेन्टले बलिउडमा में सेक्सुअल हैरेसमेंट पीडितलाई आफ्ना कुरा राख्न दिएको प्लेट फर्ममा उनले उक्त आरोप लगाएकी हुन्।

सायालीका अनुसार टीनु वर्माको फिल्म द वीकेंडको लन्च कार्यक्रममा अमिताभ बच्चन प्रमूख अतिथि रहेका थिए। जब म अमिताभसँग अर्शिवाद लिन निहुरिएँ त्यती बेला उनले गलत तरिकाले मलाई छोए । यससँगै उनले बलिउडका शाइनी आहुजा, आर्य बब्र, साजिद खान र अन्य ठुला ठुला कलाकारलाई यौन दुरव्यवहार गम्भीर आरोप लगाएकी छन्।

तर यो विषय सामाजिक सञ्जालमा भाईरल भएसँगै अमिताभ बच्चनले प्रहरीमा उजुरी दिएका थिए। यो सँगै यो घटना सामाजिक सञ्जालमार्फत साईबर क्राईममा परिणत भएको थियो । अहिले यो विषयमा सयालीले माफी पनि मागि सकेकी छन्।

You Might Also Like