डुङ्गा पल्टीँदा आठको मृत्यु, २५ बेपत्ता

आङ्करा, २५ असोज । अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

घटनामा परी बुधबार अन्य २५ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । उद्धारकर्ताहरूले घटना लगत्तै खोजी गर्दा मृत्यु भएकाको शव भेट्टाएका थिए भने मृत्यु हुनेहरूको सङ्ख्या थप बढ्न सक्ने अनुमान पनि गरेका छन् ।

मृत्यु भएका र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइनसकेको अधिकारीहरूले बताएका छन् । टर्कीमा बेलाबेलामा भइरहने यस्ता डुङ्गा दुर्घटनामा परी वर्षेनी सयौँको मृत्यु हुने गरेको छ ।

Entertainment
  • No categories

You Might Also Like