आजको राशिफल : मिति २०७५ साल असोज २५ गते द्वितीया तिथि बिहीबार

आज मिति वि. स. २०७५ साल असोज २५ गते द्वितीया तिथि बिहीबार । तदनुसार सन् २०१८ अक्टोबर ११ तारिख। दक्षिणायन, शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष, द्वितीया तिथि।

मेष राशी- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सकारात्मक विचार आउनेछन् । हतारमा निर्णय नलिनु राम्रो हुनेछ । पारिवारिक जिम्मेवारीलाई महत्व दिनु राम्रो हुनेछ ।

बृष राशी- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यवसायमा लाभ मिल्नेछ । आकस्मिक धनलाभ हुनेछ । आफू भन्दा उच्च पदका व्यक्तिले असन्तुष्टि जनाउनाले मन खिन्न हुनेछ ।

मिथुन राशी- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिर्घकालिन समयको लागि लगानी गर्न उचित दिन रहेको छ । पारिवारिक दबाब बढ्नेछ ।

कर्कट राशी- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
जीवनसाथीसंग विवाद हुन सक्नेछ । काममा कठीनाई देखा पर्नेछ । तर दिनको अन्त्यमा सबै कुरा मिल्दै जानेछ ।

सिंह राशी- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
साथीभाइसंग रमाइला योजना बन्नेछन् । कार्य सफल हुनेछ । सहकर्मीहरुको साथ र सहयोग मिल्नेछ ।

कन्या राशी- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कुनै ठूलो योजनाप्रति आकर्षित भइनेछ । आशावादी भइनेछ । कोही व्यक्तिलाई छिटो विश्वास नगर्नु राम्रो हुनेछ ।

तुला राशी- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आत्मविश्वास बढ्नेछ । परिवार र साथीभाइको सहयोग मिल्नेछ । आफूलाई प्रेम गर्ने व्यक्तिसंग भेट हुनेछ ।

बृश्चिक राशी- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
यात्रा गर्दा ध्यान पुर्याउनु पर्नेछ । मालसामान चोरिने र हराउने डर हुनेछ । साथीहरुसंग रमाइलो समय बित्नेछ ।

धनु राशी- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
राम्रो समय रहनेछ । शरीरमा ऊर्जा बढ्नेछ । नयाँ आशा र उमङ्ग छाउनेछ । आर्थिक लाभ मिल्नेछ । आफ्नो व्यक्तित्वले सबैलाई आकर्षित गर्न सकिनेछ ।

मकर राशी- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । नयाँ काम सुरुवात गर्नको लागि राम्रो दिन रहेको छ । बोलीमा नियन्त्रण गर्नु पर्नेछ ।

कुम्भ राशी- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कठीन परिस्थितिको सामना गर्नुपर्नेछ । परिवारमा मनमुटाव बढ्न सक्ने भएकोले संयमता अपनाउनु राम्रो हुन्छ ।

मीन राशी- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तनाव बढ्न सक्नेछ । गलत संगतबाट बच्नुपर्नेछ । फाइदा नहुने काममा समय खेर जाला। अध्यात्मिक कार्यमा मन लगाउनु राम्रो हुनेछ।

You Might Also Like